JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा नगरपालिकाले हाटबजार व्यवस्थापनबाटै कमाउछ पौने करोड

तिलोत्तमा नगरपालिकाले हाटबजार व्यवस्थापनबाटै कमाउछ पौने करोड

तिलोत्तमा –सागसब्जी, सिजन अनुसारका तरकारी र फलफूल, मासुजन्य उत्पादन खरिद बिक्री गर्ने थलो हो हाटबजार। हाटबजारमा मःम, चाउमिन, मिठाइका परिकार पनि पाइन्छ। लत्ताकपडा र सामान्य भाँडाकुडा दैनिक जीवनमा आवश्यक समाग्री पनि हाटबजारमा बिक्री गरिन्छन्। यिनै घरायसी सामान किन्न लाग्ने हाटबजारमा मानिसको भीड लाग्छ।

तिलोत्तमा ६ का देबी परीयार तिलोत्तमाको बिभिन्न हाटबजार मा कपडाको व्यापार गर्न लागेको करिब १० वर्ष भयो ,पहिला को बजारको समस्या सम्झीदै उनी भन्छीन,बजारमा सामान बिक्रि गर्न निश्चित ठाँउ तोकिएको थिएन तोकिएको ठाँउमा पनि बजार लगाउन नपाउने ,ठेकदारको लापर्बाही थियो खानेपानी र सौचालयको समस्या थियो तर अहिले भने नगरपालिकाले राम्रो प्रबन्ध गरेको र त्यो सबै समस्या हटेको उनको अनुभव छ ।
त्यस्तै तिलोत्तमा १४ का राधेश्याम लोध उत्पादन संगै बजार मा बिक्रीको लागी बिभिन्न बजारमा पनि पुगेका हुन्छन् ,उनले करिब २५ बिघा जग्गामा सिजन अनुसारको खेती गर्ने गर्दछन बजार हरु व्यवस्थापन भए देखि नै हाटबजारमा मानिस आँउन रुचाउँने , स्थानीयहरुले आफ्नै बारीमा उत्पादन गरेका आलु , खुर्सानी , लौका , बोरी , बैगन गोबी लगायत अनेकौं हरियो साग , सब्जी बजार बेच्दा हर्षित भएको उनी बताउछन् ।हाट बजार व्यबस्थित हुँदा आर्थिक उन्नतिको एउटा केन्द्र विन्दु बन्दै गएकाले व्यापारीहरु बढेको उनको अनुभव छ ।

तिलोत्तमाका व्यापारी मात्रै होइन उपभोक्ता पनि बजार उचित किसिमले व्यवस्थापन हुँदा खुसि देखिन्छन् ।उपभोक्ता पदमा खातीले ,व्यवस्थित र नियमित घर नजिकै हाटबजार लागे पछि किनमेलमा सजिलो भएको बताइन ।त्यस्तै अर्का बिष्णु खाम्चाले हाटबजारमा मुल्यमा एकरुपताका साथै व्यवस्थित पार्किङ र सुरक्षाको लागी नगर प्रहरी हुदा आम सर्बसाधारणलाई सहज भएको धारणा राखिन् ।

तिलोत्तमा नगरपालिकाका राजस्व अधिकृत  इन्द्रदत्त सापकोटाका अनुसार नगरपालिकामा अहिले करिब १३ स्थानमा हाटबजार सञ्चालन हुँदै आएको छ। उक्त हाटबजार बाट ७६ लाख ४८ हजार आठ सय रुपैया राजस्व संकलन भएको छ ।ठाउँअनुसार कुनै स्थानमा सातामा दुई पटक र कुनैमा एक पटक हाटबजार लाग्ने गरेको छ।

नगर प्रमुख रामकृष्ण खाँणका अनुसार स्थानीय उत्पादनको प्रवद्र्धन, उपभोक्तालाई सहज र सुपथ मूल्यमा तरकारी, फलफूल अन्नबालीलगायतका खाद्यपदार्थ उपलब्ध गराउनु हो भने दोश्रो उद्देश्य स्थानीय उत्पादन र पारिवारिक उत्पादनलाई बजारमार्फत् उपभोक्ताहरु समक्ष पु¥याउनु रहेको छ । स्थानीय हाटबजारले स्थानीय अर्थतन्त्रलाई सवल बनाउन मद्दत पुराएको छ । उनी भन्छन, ‘ स्थानीय हाटबजारले धेरैलाई रोजगारी प्रदान गरेको छ । एकमुठा साग र एक घोवा मकै बेच्नेदेखि लिएर करोडौको कारोबार गर्नेहरुसमेत हाटबजारमा निर्भर रहेका हुन्छन् । यसअर्थ हाटबजारलाई व्यवस्थित तबरले सञ्चालन गर्नु हाम्रो दायित्व हो त्यसैले सुरक्षाको मध्यनजर गर्दै सिसिटिभी क्यामरा जडान नगर प्रहरी हाटबजारमा सुचना बोर्ड पार्किगको ब्यबस्था गरिएको छ।’

प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालका अनुसार नगरपालिकाले हाटबजारलाई ब्यबस्थीत गर्न स्थानीय हाट बजार सञ्चालनका लागि प्रशस्त खुला ठाउँ, पार्किङ्ग, शौचालय, पानी, बिजुली,ठाँउ -ठाँउमा सुरक्षाका लागि सिसि क्यामेरा, फोहोरमैला व्यवस्थापनको उचित प्रवन्ध, उचित आकारका टहराहरुको निर्माणलगायत आधारभूत पूर्वाधार निर्माणले व्यवसायीको संख्या पनि बढेको उनको ठहर छ।

हाटबजार व्यवसायी संघ तिलोत्तमा शाखा अध्यक्ष गिरिराज पन्थीका अनुसार नगरमा बजार व्यबस्थापनको काममा धेरै सुधार भैरहेको बताउदै केहि सुधार गर्ने पक्ष रहेको बताए, उनले तिलोत्तमाका पुराना हाट बजारहरुलाई संरक्षण गर्नुपर्ने मणिग्राममा ढल निकास व्यवस्था गर्नुपर्ने ब्यबस्था पहिलो चरणमा हुनुपर्ने र कतिपय बजारहरुमा ट्रस हाल्नुपर्ने ,होडिङ बोर्ड लगाउनुपर्ने,बैठकीको दररेट कायम गर्नुपर्ने र यसले गर्दा नगरपालिकाको बजार अझै व्यवस्थित हुन उनको अपेक्षा छ ।

तिलोत्तमामा ड्राइभरटोल हाटबजार शुक्रबार र मंगलबार ,योगिकुटी हाटबजार सोमबार र बिहिबार,सिमानगर हाटबजार शनिबार र बुधबार, मणिग्राम हाटबजार आइतबार र बिहिबार सेमरा हाटबजार सोमबार र बिहिबार भलवारी बुधबार ,कान्छिबजार हाटबजार शुक्रबार र मंगलबार ,रामनगरहाटबजार सनिबार ,सिपुर हाटबजार शुक्रबार ,भुल्का हाटबजार बिहिबार ,बरकटि हाटबजार सोमबार र बिहिबार,कोटिहवा हाटबजार सनिबार र नौ नम्बर हाटबजार बुधबार र आइतबार बजार लाग्ने गर्दछ ।

नगरपालिकाले हाटबजार बजार अनुगमन निर्देशिका २०७४ बनाएर नगर क्षेत्रमा सञ्चालित हाटबजार व्यवस्थित गर्ने प्रक्रिया अघि बढाएको छ। स्थानीय कृषि उपजको बजार व्यवस्थापन गरी सफा, सुरक्षित र स्वच्छ हाटबजार सञ्चालन गर्न निर्देशिकातयार गरिएको हो। निर्देशिकाले गरपालिकाबाट स्वीकृति लिएर दर्ता गरेर मात्र हाटबजार सञ्चालन गर्न पाउने प्रावधान राखेको छ।

नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल अधिकारअन्तर्गत क्रमसंख्या १० मा स्थानीय बजार व्यवस्थापनको अधिकार स्थानीय तहमा रहेको छ । त्यसैगरी स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ को दफा ११ को उपदफा (२० को खण्ड ९१) ले स्थानीय बजार व्यवस्थापनसम्बन्धी अधिकारहरु स्थानीय तहलाई प्रदान गरेको छ । स्थानीय व्यपार बस्तुको माग आपूर्ति तथा अनुगमन उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति कानून मापदण्ड कार्यान्वयन र नियमन सम्बन्धी अधिकारलगायतका विषयहरु स्थानीय तहले व्यवस्थापन गर्नु पर्ने हुन्छ । यसका अतिरिक्त सम्बन्धित स्थानीय तहले हाटबजार व्यवस्थापन, स्थानीय बजार व्यवस्थापन ऐन स्थानीय बजार व्यवस्थापन नियमावली, बजार अनुगमन कार्यविधिलगायतका थप कार्यविधि मापदण्डहरु बनाएर सञ्चालन गरेको पाइन्छ ।

प्रकाशित मिति : आइतबार, असार १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij