बुटवल,असार २८
रुपन्देहीको तिलोत्तमा बहुमुखी सहकारी लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी बन्न सफल भएको छ । तिलोत्तमा नगरपालिका २ मा रहेको सहकारीले राष्ट्रिय सहकारी महासंघले हरेक बर्ष प्रदान गर्ने लुम्बिनी प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ बाट पुरस्कृत भएको हो । महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर विशेष समारोहका बिच तिलोत्तमा सहकारीलाइ सो पुरस्कार प्रदान गरेको हो । समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलोत्तमा सहकारीका अध्यक्ष माधवलाल देवकोटालाइ नगद सहित सम्मान पत्र प्रदान गरेका हुन ।
संस्थाले सहकारीको मर्म र ऐन,नीति कानुनको परिधिभित्र रही आर्थिक गतिविधिहरु संचालन गर्नुका साथै उद्यमसीलताको विकास तथा स्वरोजगार सिर्जनाकालागि महत्वपूर्ण अभियानहरु संचालन गर्दै आएको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले बताए । विभिन्न सामाजिक अभियानहरु समेत संचालन गर्दै आएको उनले बताए ।
तिलोत्तमा बहुमुखी सहकारी संस्था २०५५ सालमा स्थापना भएको हो । एक सय ६० जना सदस्यको ८० हजार सेयर पुँजीबाट संचालन गरीएको संस्थामा हाल ३५ सय सदस्य आबद्ध रहेको अध्यक्ष देवकोटाले जानकारी दिए । ६ करोड सेयर पुँजी रहेको संस्थाको कुल वासलात ६२ करोड बढी पुगेको छ । बाह्य ऋण शुन्य रहेको यो सहकारीको हालको तरलता २० प्रतिशत रहेको बताइएको छ । जगेडा कोषमा २ करोड रहेको र बिभिन्न कोषहरुमा ४ प्रतिशत बढी रहेको अध्यक्ष देवकोटाले बताए ।
सहकारीले आफ्ना शेयर सदस्यहरुलाइ आत्मनिर्भर बनाउन स्वरोजगार र्सिजना हुने गरी बिभिन्न खालका अभियान तथा सिपमुलक तालिमहरु संचालन गर्दै आएको छ । विशेषगरी महिलाहरुलाइ आत्मनिर्भर बन्न सघाउने उद्येस्यले सिपमुलक तालिम,उत्पादित बस्तुको बजार प्रबद्र्धनमा सहयोगी भुमिका निर्वाह गर्ने,वित्तिय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आएको अध्यक्ष देवकोटाले जानकारी दिए । फोहोरमैला व्यवस्थापनकालागि किचनबाट निस्कने फोहोरबाट कम्पोष्टमल तथा गडयौला मल बनाउने तालिम,विभिन्न खालका आर्यआर्जन मुलक सिप विकासका तालिम र नेतृत्व तथा क्षमता विकासका तालिमहरु समेत संचालन गर्दै आएको उनले बताए ।
संस्थाले सेयर सदस्यहरुकालागि रसायनिक मल,उन्नत बिउ बिजन बिक्रि वितरण गर्नुका साथै कृषि बिज्ञहरुद्धारा कृषकहरुलाइ उन्नत बालिनाली उत्पादन तथा रोगकिराबाट बालीनाली जोगाउने सम्बन्धि तालिमहरु समेत प्रदान गर्दै आएको छ । सुत्केरी सम्मान कार्यक्रम अन्तर्गत प्रति सन्तान २ हजार रुपैँया,शोक अनुदान ५० हजार,दुर्घटना पर्दा परिवारलाइ आर्थिक अनुदान २ लाख र शेयर सदस्य बिरामी हुँदा विभिन्न अस्पतालहरुको सहकार्यमा १० हजार देखि उपचार खर्चमा २५ प्रतिशत सम्म छुटको व्यवस्था सहकारीले गर्दै आएको छ । बृक्षारोपण,रक्तदान जस्ता सामाजिक महत्वका कार्यक्रमहरु पनि संस्थाले रहेक बर्ष गर्दै आएको छ ।
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्