सिद्धार्थनगरमा फोहोर फाल्न नदिने भन्दै स्थानीयद्वारा विरोध प्रदर्शन

सिद्धार्थनगरमा फोहोर फाल्न नदिने भन्दै स्थानीयद्वारा विरोध प्रदर्शन

बुटवल । रुपन्देहीको सिद्धार्थनगरपालिकाले स्थानियको विरोध हुँदाहुँदै पनि जवरजस्ती फोहोर फालेको भन्दै स्थानियहरुले नगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन् ।

सिद्धार्थनगर १ र २ नम्बरका स्थानीयबासीले अहिले फालिरहेको स्थानमा फोहोर नफाल्न आग्रह गर्दा नगरपालिकाले दम्भ देखाउँदै रातीमा फोहोर फालेपछि स्थानियले सोमबार दिउँसो नगरपालिका अगाडि बिरोध प्रदर्शन गरेका हुन्

सिद्धार्थनगर–२ का दीपक थापाले नगरपालिकाले स्थानीयबासिन्दाको मागलाई वेवास्ता गर्दै रातको समयमा प्रहरीको साथ लिएर तानाशाही प्रबृत्ति देखाउन खोजेको आरोप लगाए ।

सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खानले नगरको फोहोर बिसर्जन गर्ने स्थायी समाधानका लागि जग्गाको खोजी भैसकेको र सम्बन्धित पक्षसँग सम्झौता हुने प्रक्रियामा रहेको बताए । यस विषयमा राजनीतिकरण गर्न खोजिएको दावी नगर प्रमुख खानको छ ।

सिद्धार्थनगर नगरपालिकाले तीन दिनसम्म नगरमा जम्मा भएको फोहोर संकलन गरि दश–बाह्रवटा ट्याक्टरबाट फोहोर फ्याँकिँदै आएको साविकको स्थानमा गए राती प्रहरीको सहयोगमा फ्याँक्न खोज्दा स्थानीय बिरोधमा उत्रिँदै नारावाजी गरेका थिए ।

प्रकाशित मिति : सोमबार, साउन १ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij