JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा व्यवसाय विकास सेवा केन्द्र स्थापना

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा व्यवसाय विकास सेवा केन्द्र स्थापना

बुटवल

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने भएको छ । उद्यमशिलता विकासको लागि साना तथा मझौला उद्योगी व्यवसायीलाई आईपर्ने समस्या, नवउद्यमशिलता विकासमा सहजिकरण लगायतका उद्यमीका समस्या समाधामा सहजिकरण गर्नको लागि व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्न लागिएको हो ।
अन्तरप्रेरणा, आध्यान्त र वर्ल्ड स्टार्टअपले संयुक्त रुपमा सञ्चालन गरेको रुफ अफ द वर्ल्ड परियोजना अन्तरगत बुटवलमा व्यवसाय विकास सेवा केन्द्र सञ्चालन गर्न लागिएको रुप अफ द वर्ल्ड परियोजनाकी परियोजना व्यवस्थापक रक्षा चालिसेले जानकारी गराउनु भयो ।यो परियोजना अन्तरगत बुटवलमा व्यवसाय विकास सेवा केन्द्र तीन वर्षसम्म चल्नेछ । परियोजना सञ्चालन गर्ने विषयमा बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी वाणिज्य क्याम्पसको सहकार्यमा अन्तरप्रेरणाको आयोजनामा सोमबारदेखि दुई दिने रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ ।
कार्यशालामा अन्तरप्रेरणाका कन्सल्ट्यान्ट डा. रामजी न्यौपानेले सहजिकरण गर्नुभएको छ । नेपाली उत्पादनलाई निर्यातमा भएका समस्या, आन्तरिक बजारको अवस्था, व्यवसाय विकास सेवा केन्द्रबाट दिन सकिने सेवाहरु लगायतका विषयमा छलफल गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो । कार्यशालाले तीन वर्षे यो कार्यक्रमको कार्ययोजना निर्माण गरेर भोली मंगलबार सकिने बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : सोमबार, साउन २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij