आज अन्तर्राष्ट्रिय युवा दिवस: नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस: नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै – आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा यस वर्ष ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ : नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराकासाथ सप्ताहव्यापी रुपमा कार्यक्रम भइरहेको छ ।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालिएको हो ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही सम्बोधन हुन थाले पनि युवाका मुख्य समस्या शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रभावकारी सुधार हुन सकेको छैन ।

रोजगार बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि ती प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेका छैनन् । देशमा रोजगारी र स्वरोजगारमुखी कार्यक्रम नहुँदा लाखौँ युवा विदेशिनु परेको छ । सरकारले युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरेको छ । प्रदेश, जिल्ला र पालिकामा पनि युवाका संरचना तयार गरिएका छन् ।

यस्तै, संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा राखिएको छ । तर युवाका पक्षमा भएका नीति, नियम, कानुन र कार्यक्रम प्रभावकारी कार्यान्वयनमा समस्या देखिएकाले युवाका खास मुद्दा सम्बोधन हुन नसकेको गुनासो छ ।

प्रकाशित मिति : शनिबार, साउन २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij