काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जनमत पार्टीका सांसद अनितादेवी साहलाई मन्त्री पदको शपथ गराएका छन्।
सोमबार शीतलनिवासमा राष्ट्रपति पौडेलले मन्त्री पदको शपथ खुवाएका हुन्। माअोवादी केन्द्रले उनलाई भित्र्याउन सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको थियाे। नवनियुक्त मन्त्री शाहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
असार २६ गते नै जनमतले अनितादेवीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो। तर, प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण शपथग्रहणको समय सरेको थियो।
शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो।
यसअघि पनि जनमतबाट उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री थिए। तर, उद्योग र कृषिमध्ये एक मन्त्रालय नपाएको भन्दै उनले चैत १७ गते राजीनामा दिएका थिए।
प्रकाशित मिति : सोमबार, साउन २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्