एक क्विन्टल भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै तौल !

एक क्विन्टल भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै तौल !

काठमाडौँ – राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए ।

उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ।

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक प्याडमा मोरेर ल्याएको सुन पगालेर तौल यकिन गरिएको हो  ।

साउन ३ गते हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले भन्सार पास भइसकेपछि सिनामंगलबाट पक्राउ गरेको थियो ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक  नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आएका थिए । तर, उनको दाबी विपरीत सुनको तौल झण्डै आधा भएको पाइएको हो ।

सुरुमा यो प्रकरणमा राजश्वले नै अनुसन्धान गरेपनि पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइएको छ ।

प्रकाशित मिति : सोमबार, साउन २९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij