सियारीका स्वास्थ्य संस्थाहरुमा अनुगमन

सियारीका स्वास्थ्य संस्थाहरुमा अनुगमन

सियारी -रुपन्देहीको सियारी गाउँपालिकाले सियारी क्षेत्रमा रहेका औषधी पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको छ ।
कार्यालयले अनुगमन समितीको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा सियारी ७ अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता नभएका तथा नविकरण नभई संचालनमा रहेको पाईएको अनुगमन समिति संयोजक थारुले जानकारी दिईन ।
सियारीले शुरु गरेको अनुगमनलाई निरन्तरता दिने जनाउदै उपाध्यक्ष थारुले पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई नैसियत दिएर आएको र तत्काल दर्ता नविकरण लगाएकका काम नभए कानुनी कर्वाहीमा अगाडि बढ्ने बताईन ।
पालिकाले वडा नम्बर ७ मा रहेको युनिक मेडिको फार्मा, अमुवा पोलि क्लिनिक, मेरिना मेडिको सेन्टर, र गुप्ता हेल्थ क्लिनिकको अनुगमन गरेको थियो ।
त्यसमध्ये युनिक मेडिको फार्माले नियम विपरित बिरामीको जाँच गर्ने गरेको तथा जथाभावि रुपमा फोहर फाल्ने गरेको हुदा फोहर व्यस्थापन गर्न सुझाव दिएर आएको स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिए । उनले अनुगमन निरन्तर हुने भएकोले पहिलो पटक सचेत गराइएको स्वास्थ्य संस्थाहरुमा पुनः अनुगमन गरिने र सुधार नभएको पाइएमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने बताए ।
स्वास्थ्य स्वास्था अनुगमनमा आएको थाह पाएपछि अमुवामा रहेको एलिशा मेडिको फार्मा सटर लगाएर हिडेको स्थानियले जनाएका छन् ।
अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, पत्रकार, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बिहिबार, साउन ३२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij