बुटवल – फूल बारी बचत तथा ऋण सहबारी संस्था लिमिटेड बुटवल र चौराह हस्पिटल प्रा लि बिच फूलबारी सहकारीका सदस्य हरुलाई छुट दिने सम्झौता भएको छ ।सहकारीका शेयर सदस्य , कर्मचारी र सदस्यहरुलका परिवारका सदस्यहरलाई स्वस्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको हो । शुक्रबार फूलबारी सहकारीका तर्फबाट सचिव रोशन पाण्डे ,व्यवस्थापक नारायण भुसाल र चौराह हस्पिटल प्रा लिको तर्फबाट प्रबन्ध निर्देशक बिरु भण्डारी र प्रसान प्रमुख सन्तोष गुप्ता बिच सेवा उपलब्ध गराउने बारे सम्झौता गरिएको हो । फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. को मोवाइल बैकिङ्क ,सदस्यता कार्ड, कार्ड होल्डरहरुलाई अस्पतालको विभिन्न सेवामा छुट दिने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको सहकारी का व्यवस्थापक नारायण भुालले बताए । एक वर्षसम्म लागु हुने गरि अस्पतालको ल्याबमा १० प्रतिशत, आईसियु बेड चार्ज÷एचडियु बेड चार्जमा ५ प्रतिशत, जनरल बेड जार्चमा १० प्रतिशत, युरो सर्जरीमा १० तथा अर्थो र जेनेरल सर्जरीमा ५÷५ प्रतिशत, न्युरो सर्जरीमा ५, डेन्टलमा १० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत तथा सिटि स्क्यानमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो । वि.स.२०६४ सालमा बुटवल २ मैनाबगरमा स्थापना भएको फूलबारी बचत तथा ऋण सहकारी संस्थाले ै आफ्ना शेयर सदस्य एवंम एकाघर सदस्यहरुमा उपचार सुबिधामा विशेष छुट सहित चौराह हस्पिटलबीच सहमति भएको संस्थाका सचिव रोशन पाण्डेले बताएका छन । कार्यक्रममा फूलबारी सहकारीका सचिब रोशन पाण्डे व्वस्थापक नारायण भुसाल चौराह हस्पिटल प्रा.लि का प्रबन्ध निर्देशक बिरु भण्डारी , प्रसासन प्रमुख सन्तोष गुप्ता जनसम्पर्क तथा सुचना अधिकृत जनक कुंवर, ले सेवाग्रही लाई प्रथामिकता दिने आगामी दिनहरुमा अझ साझेदारीका कार्यक्रमलाई जोड दिने बताए ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्