JanataToday.com

Advertisment

SKIP THIS

नेपालले मलेसियालाई दियाे ८४ रनकाे लक्ष्य

नेपालले मलेसियालाई दियाे ८४ रनकाे लक्ष्य

काठमाण्डाै – चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले घरेलु टाेली मलेसियालाई ८४ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।

मलेसियाकाे बायोमास ओभल मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायाे । वर्षाका कारण २० ओभरकाे खेल १८ ओभरमा झारिएकाे थियाे । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् ।

आईसीसी महिला टी–२० विश्व कपको एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले यो शृङ्खला खेलिरहेका छन् । नेपालले शृङ्खलाको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । आज घरेलु टोलीलाई हराउन सकेमा नेपाल अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ ।

शीर्ष दुई टोलीबीच फाइनल खेल भोलि शनिवार हुनेछ । पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानका लागि खेल्नेछन् ।

त्यसपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले एसिया क्षेत्र छनोटका खेल मलेसियामा नै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij