स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

स्याङ्जा – स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ ।

वालिङ नगरपालिका-६ रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३६ वर्षका यमबहादुर थापाको आज बिहान ज्यान गएकाे हाे ।

माछा मार्न थापासँगै गएका अन्य पाँच जनालाई पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा वालिङ-६ थापाडाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका-१० का ३७  वर्षीय दिपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिकाका २० वर्षीय अनिल चौधरी र कन्चनपुर बेलौरी नगरपालिका-६ का ६० वर्षका बलदेव राना रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij