तिलोत्तमामा मजदुरबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते

तिलोत्तमामा मजदुरबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते

तिलोत्तमा -रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केउलानीमा दुईपक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको छ । गएराती रुपन्देहीको तिलोत्तमामा दुई समुहबीच भएको झडपमा एकजनाको मृत्यु भएको हो । झडपमा परि हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

झडपमा परि तिनजना घाईते भएको र घाईतेमध्ये दुईजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मजदुरीकालागि बिभिन्न जिल्लबाट रुपन्देहीमा बसोबास गर्दै आएका समुहबीच झडप भएको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापा का अनुसार विश्वकर्मा पुजाको प्रसाद भन्दै स्थानीय एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनिहरुका बीचमा सामान्य विवाद बढ्दै गई झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चक्कु प्रहारबाट गम्भिर घाईते भएका साङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। झडपका क्रममा काठमाडौं महानगरपालिका १ बस्ने बिकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाईते छन्। उनिहरुको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको र दुईजनाको अवस्था गम्भिर रहेको डीएसपी थापाले बताए ।

घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। हत्यामा प्रयोग भएको चक्कु बरामद भएको र नियन्त्रणमा रहेका मध्य चक्कु प्रहार गर्नेको पहिचानका लागि अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : मंगलबार, असोज २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij