काठमाण्डाै – सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ । गृह मन्त्रालयमा भइरहेकाे वार्तामा आन्दोलनरत शिक्षकहरूले राखेका मागका विषयमा छलफल थालिएको छ ।
अहिले शिक्षक–कर्मचारीले आफ्ना मागका विषयमा धारणा राखिरहेका र त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।
विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरू गएकाे बुधवारदेखि आन्दोलनमा छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग राखेका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका छन् ।
आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौ आएका छन् ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको सरकारी टोलीले छलफल सकारात्मक भइरहेकाले आज सहमति हुन सक्ने जनाएको छ । यस्तै महासङ्घकी अध्यक्ष कमला तुलाधरले पनि आज सहमतिमा पुग्ने गरी वार्ता गर्ने बताउनुभयो । यसअघि हिजो बिहीवार पनि आन्दोनरत शिक्षकहरूसँग छलफल भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, असोज ५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्