डिजिटलु नेपाल बनाउने सपना छ : प्रधानमन्त्री प्रचण्ड

डिजिटलु नेपाल बनाउने सपना छ : प्रधानमन्त्री प्रचण्ड

बेइजिङ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग नेपाललाई ुडिजिटलु बनाउने सपना रहेको बताउनुभएको छ ।

आज सोमवार चीनको बेइजिङमा रहेको डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘विश्वमा बढ्दो विज्ञान एवम् सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरूपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।’

उहाँले अहिले नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।

नेपालमा चीनका उद्योगी व्यवसायीहरूले गर्ने लगानीका क्षेत्रहरू धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र भनेको सूचना प्रविधि रहेकाले यस क्षेत्रमा लगानीका लागि प्रधानमन्त्रीले चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताहरूको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

अहिले चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसहित उहाँको प्रतिनिधिमण्डल आज हुवावे कम्पनीको मुख्यालयमा पुगेको थियो । कम्पनीका उच्च अधिकारीहरूले प्रधानमन्त्रीलाई विशेष स्वागत गरेका थिए । यो बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटप लगायतका विद्युतीय सामग्री उत्पादन गर्ने गर्दछ ।

प्रकाशित मिति : सोमबार, असोज ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij