बुटवल १७ रानीगंजमा आजबाट प्रथम सांस्कृतिक तथा व्यापार महोत्सव २०८० शुरू

बुटवल १७ रानीगंजमा आजबाट प्रथम सांस्कृतिक तथा व्यापार महोत्सव २०८० शुरू

बुटवल – बुटवल उपमहानगरपालिका १७ मा आजबाट प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव २०८० शुरू भएको छ ।

रानीगंज खेलमैदानमा आयोजित महोत्सवको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय गमलामा पानी संचाइ गरेर शुभारम्भ गरे । सो अबसरमा बोल्दै नगरप्रमुख पाण्डेयले स्थानीय कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथै घरेलु उत्पादनलाई बजार सम्म र्पुयाउन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताए ।


मेलाकै कारण यो क्षेत्र चलायमान भएको भन्दै उनले मोतिपुर औद्योगिक क्षेत्र निर्माणले मोतिपुरक्षेत्रका स्थानीयलाइ मनग्य फाइदासहित रोजगारी प्रदान गरिने उल्लेख गरे । उनले आफ्नै कार्यकालमा बुटवलको मुहार बदलेर देखाउने प्रतिबद्धता दोहोर्याए ।
सो अबसरमा बुटवल १५ का वडाध्यक्ष शिव राना, १७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मी, ओम बहादुर घिमिरे बाबुराम आमा समुहको तर्फबाट माया भण्डारी,क्लवका अध्यक्ष राम दर्जी,सचिव अनिल सुनार लगायतले बोल्दै मेला सफल हुने बिश्वास ब्यक्त गरे ।

मेला शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा शुरु भएको हो भने मेला असोज २३ गतेसम्म चल्ने मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को संरक्षकत्वमा महोत्सव गरिएको उद्घोषक बिकास भट्टराइले बताए ।

“रानिगन्ज जाऔँ राष्ट्रिय कलाकारसँगै रमाऔँ” भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवमा महानायक राजेश हमालदेखि राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । जसमा ४० बढि कलाकारहरुको सहभागिता रहने छ ।

महोत्सव सञ्चालन गर्न ४० लाख खर्च लाग्नेछ भने ५० लाखको कारोबार साथै ३० हजार भन्दा बढिले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । मेलामा १ सय भन्दा बढि स्टल रहेका छन् उद्घाटन पूर्व सो स्थानमा बाजागाजासहित र्याली निकालिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, असोज १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij