कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

काठमाण्डाै – कोशी प्रदेशको सत्ता समीकरण फेरिएको छ । एमालेको सहयोगमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै त्यहाँको सत्ता समीकरण फेरिएको हो । शनिवार कोशी प्रदेशका प्रदेश प्रमुख  पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको छ ।

कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

बिहान मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत भएकोमा एमाले र कार्की पक्षधर कांग्रेसका सांसदहरु मात्र उपस्थित भएका थिए । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि गएनन् ।

कार्कीले एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थन पाउनुभएको छ । सनाखतमा उनीहरु सबै उपस्थित भएपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिनुभएको थियो ।

 

प्रकाशित मिति : शनिबार, असोज २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij