काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको सर्टिफिकेट नै निलम्बन गरेको छ। आज शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेटसमेत निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले शनिबार जारी गरेको सूचनामा मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको उल्लेख छ।
मनाङ एयरको ९-एनएएनजे कलसाइन भएको हेलिकप्टर ओखलढुंगाको रुम्जाटारबाट सोलुखुम्बु जाँदै गर्दा लोबुचे भन्ने ठाउँमा दुर्घटना भएको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७ : १३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका छन्।
दुई हेलिकप्टर रहेको मनाङको दुई वटै दुर्घटनामा परेपछि अब अर्काे हेलिकप्टर ल्याए पनि तत्काल सञ्चालन अनुमति नदिने प्राधिकरणले जनाएको छ। यसअघि उसको हेलिकप्टर असार २६ मा दुर्घटनामा परेको थियो।
प्रकाशित मिति : शनिबार, असोज २७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्