JanataToday.com

Advertisment

SKIP THIS

नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको माग

नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको माग

बुटवल – पेट्रोलियम पदार्थको मूल्य समायोजन हुंदा नेपालमा भन्दा भारतमा इन्धनको  मूल्य सस्तो भएपछि नेपालबाट  भारतमा तेल भर्न   जाने गाडी नियन्त्रणमा ल्याउन पेट्रोलियम व्यवसायीले सरकारसंग माग गरेका छन् ।
सामान लिन जाने बाहाना बनाएर सीमा पारी भारत गएर गाडीमा तेल भरेर ल्याउने गलत कृयाकलाप रोकेर नेपाली व्यवसायीलाई सहयोग पुराउन पेट्रोलियम व्यवसायीहरुले सरकार र सरोकारवाला निकाय सङ्ग आग्रह गरेका छन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीले बिजया दशमी, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना,  रुपन्देहिका प्रमुख जिल्ला अधिकारीको स्वागत तथा परिचयात्मक  कार्यक्रममा बोल्ने व्यवसायीहरुले कोहि कसैले नियतबस गल्ती गरेमा तेस्ता ब्यवसायीलाई कार्बाही गर्न प्रहरी प्रशासनलाई सहयोग गर्ने   बताए ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले  व्यवसायी, कर्मचारी लगायत कसैलाइ पनि गलत काम गर्ने  छुट नभएको बताए । उनले सेवाग्राही तथा आम जनताको हितमा सेवा प्रवाह गर्न सबैलाइ आग्रह गर्दै समाजका हरेक क्षेत्रका बेथिति रोक्न सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।

पेट्रोलियम डिलर्स एशोसिएशन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले पेट्रोलियम व्यवसायीले आयल निगमले दिएको तेल सहज रुपमा ग्राहक उपभोक्तालाइ उपलब्ध गराएको बताउंदै  उपभोक्तामुखि भएर ब्यवसायीले  सेवा प्रवाह गरेको बताए । उनले कुनैपनि पेट्रोलियम व्यवसायीले तेलमा चुहावट नगरेको बताउंदै व्यवसायीले चुहावट गर्नै नसक्ने दावी गरे ।
नेपाल आयल निगम प्रदेश कार्यालय भलवारीका प्रमुख इन्जिनियर जगदिशचन्द्र यादवले यस क्षेत्रमा अहिले तेलको कुनै समस्या नभएको बताए ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक  भरत विकले तेलमा हुने मिसावट र सीमा पारीबाट हुने आयात रोक्न सुरक्षाकर्मीको एकल प्रयासले मात्र सम्भव नभएकाले सबैको सहयोग आवश्यक पर्ने बताए । उनले मिसावट र सीमा पारीबाट हुने आयात रोक्न आयल निगमले नेतृत्व गर्नुपर्ने र त्यसका लागि प्रहरी प्रशासनले सुरक्षा दिने प्रतिवद्दता जनाए ।

पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेले आफुहरुले उपभोक्तामुखि भएर तेल विक्री वितरण गरेको बताउंदै माग अनुसार तेल उपलब्ध गराउन नेपाल आयल निगमसंग माग गरे ।

कार्यक्रममा पश्चिमाञ्चल, ट्याङकर व्यवसायी महासंघका महासचिव भुपेन्द्र अर्याल, नापतौल तथा गुणस्तर कार्यालय प्रदेश प्रमुख शम्भुकुमार झा,  प्रेस सल्लाहाकार खिमानन्द भट्टराई लगायतले आआफ्ना भनाइ राखेका थिए ।

पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेको अध्यक्षता र महासचिव हरिराम कसौधनको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij