JanataToday.com

Advertisment

SKIP THIS

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे जित, हङकङ ६ विकेटले पराजित

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे जित, हङकङ ६ विकेटले पराजित

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दाेस्राे जित निकालेकाे छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायाे ।

हङकङले दिएकाे ९५ रनकाे सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले नटआउट २५ रन बनाए । बलिङतर्फ हङकङका एहसान खानले ३ विकेट लिए ।

यसअघि हिजाे बुधवार भएकाे खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएकाे थियाे । अब नेपालले पर्सि शनिवार फेरि हङकङसँग र आउँदाे साेमवार फेरि यूएईसँग खेल्नेछ । प्रतियाेगिताका शीर्ष २ टाेली फाइनलमा पुग्नेछन् । प्रतियाेगिताकाे फाइनल खेल कात्तिक १० गते त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij