काठमाडौं : आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
टीयू मैदानमा कप्तान रोहित कुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्। खेल बिहान ९ बजे सुरु हुनेछ। समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्।
यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुवै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए। घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ।
आज हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो।
आजै यूएई र हङकङ तथा बहराइन र कुवेत पनि आमनेसामने हुँदै छन्। यो खेलपछि मात्र समूह बीबाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्