भूकम्पमा नलगाडका उप प्रमुख सहित  मृत्यु हुनेको संख्या ७१ पुग्यो, १५३ घाइते

भूकम्पमा नलगाडका उप प्रमुख सहित  मृत्यु हुनेको संख्या ७१ पुग्यो, १५३ घाइते

काठमाडौं । शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

उप प्रमुख सहित जाजरकोटको रामीडाँडा केन्द्र भएर मध्यरातमा गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ७१ पुगेको छ । एक सय ५३ भन्दा धेरै घाइते भएका छन् ।  शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

ती जिल्लास्थित प्रहरीका अनुसार, जाजरकोटमा ३६ र रुकुम पश्चिममा ३५ जनाको भूकम्पमा घर भत्किएर मृत्यु भएको हो । जाजरकोटका डीएसपी सन्तोष रोकाले भूकम्पमा परी ३६ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा धेरै घाइते भएको पुष्टि गरेका छन् । सबैभन्दा धेरै क्षति नलगाड नगरपालिकामा भएको छ । त्यहाँ एउटै वडामा २० जनासम्मको मृत्यु भएको छ  ।

घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको डीएसपी रोकाले बताए । घाइतेमध्ये ७ जनाको स्थिति गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ।

भूकम्पपछि जाजरकोटमा ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण जाजरकोट डोल्पा सडकको रिम्ना सडकखण्ड अवरुद्ध भएको छ ।

मध्यरातमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा ७ जनागरि ३५ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए । उनले भने, यो अहिलेसम्म पुष्टि भएको विवरण हो । घटनाको सूचना संकलन गर्ने र उद्दारको काम भइरहेको छ ।

आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको उनले जनाए । त्यस्तै, सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी दुई पालिकामा गरी ५३ जना घाइते भएका हुन् । घाइतेहरूको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij