काठमाण्डाै – सरकारले जाजरकोट भूकम्पमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज आइतवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरूप पहिलो चरणमा दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
यसैगरी जाजरकोट भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । अस्ति शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको ज्यान गएकाे थियो ।
प्रकाशित मिति : आइतबार, कार्तिक १९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्