रुकुम पश्चिम – रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
बिहान चौरजहारी नगरपालिका-८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका सबै घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।
चौरजहारी अस्पतालमा पुर्याएका २२ जना घाइतेको नाम दर्ता भएको र अझै विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो । चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको जीप दुर्घटना भएको हो ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ
प्रकाशित मिति : सोमबार, मंसिर ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्