अर्थसम्बन्धित सरकारी निकायसँग आज छलफल गर्दै प्रधानमन्त्री

अर्थसम्बन्धित सरकारी निकायसँग आज छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं : मुलुकको अर्थतन्त्रको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको बैठक सोमबार अपराह्न बस्दैछ।

 

 

अर्थतन्त्रको वर्तमान अवस्था र चाल्नुपर्ने कदमका विषयमा सरकारी निकायबीच छलफल गर्न प्रधानमन्त्रीले अपराह्न ४ बजे बैठक बोलाएका हुन्।

सोमबारको छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँग बृहत् बैठकका लागि​पूर्वतयारीस्वरूप प्रधानमन्त्रीले सरकारी अन्तरनिकायका प्रतिनिधसँग छलफलल गर्न लाग्नुभएको हो’, उनले भने।

आचार्यका अनुसार बैठकस्थल भने तय भइसकेको छैन।

प्रकाशित मिति : सोमबार, मंसिर ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij