किसान राहत र सेवा सुविधाबाट बन्चित, किसानमैत्री कृषि नीतिको माग

किसान राहत र सेवा सुविधाबाट बन्चित, किसानमैत्री कृषि नीतिको माग

 बुटवल- कृषिमा सम्भावना भएपनि किसानमैत्री कृषि नीति नहुंदा  कृषि क्षेत्र फस्टाउन नसकेको सरोकारवालाले बताएका छन् ।कृषिबाट देशलाई आत्मनिर्भर बनाउन लक्षित वर्गलाई सम्बोधन गर्ने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने  किसानहरुको माग छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघले रुपन्देहीको मणिग्राममा सञ्चालन गरेको  व्यापार मेला सचिवालयमा बुधबार कृषि क्षेत्रको सम्भावना र समस्या विषयक गोष्ठीमा बोल्ने सहभागीले कृषिमा बिचौलियाहरु हाबी भएको बताए । कृषिबाटै जीविका निर्वाह गर्दै आएका र कृषि सामाग्री उत्पादन गर्ने साना किसानहरु सरकारले दिने राहत र सेवा सुविधाबाट बन्चित रहेको उनीहरुले बताए ।
समयमा बिउ, मल, सिंचाई र बजारीकरणको उचित व्यवस्था गरी खुल्ला सीमानबाट आउने भारतीय कृषि उत्पादनको आयत रोक्नु पर्ने उनिहरुले  बताए । कृषिका लागि समग्र रुपन्देही र अझ बढी तिलोत्तमा सम्भावित क्षेत्र भएकाले माटो परिक्षणको सुविधा उपलब्ध गराई रासायनिक मल प्रयोग नगर्ने बातावरण मिलाइ दिन तीनै तहका सरकारसंग उनिहरुले माग गरेका छन् ।
 सोही कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि ज्ञान केन्द्र रुपन्देहीका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले किासनका लागि कृषि कार्यक्रम भएपनि कार्यविधि नभएकाले काम गर्न समस्या भएको बताए । वास्तविक किसानहरुले अनुदान पाउन नसकेको बताउंदै उनले  टाठाबाठाले मात्रै अनुदान पाउंदा वास्तविक किसानहरु अन्यायमा परेको बताए ।
 कृषिमा सम्भावना प्रसस्तै भएको उल्लेख  गर्दै उनले लामो समयसम्म रासायानिक मलको प्रयोगले माटो बिग्रिएकाले उत्पादनमा ह्रास हुंदै गएको बताउंदै उनले भने – माटो परिक्षण गरेर खती गर्नुपर्छ ।
उनले युवा शक्ति विदेश पलायन, जग्गा खण्डिकरण, जलवायु परिवर्तन,  सिंचाई, मल, बिउ, बजारीकरणको अभावका साथै रासायनिक मलको बढी प्रयोगका कारण माटो बिग्रिएकाले कृषि उत्पादनमा समस्या रहेको बताए ।
 तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालले कृषि उत्पादन बढाउने गरी किसानका लागि कृषि कार्यक्रम प्रभावकारी ढंगले  सञ्चालन गरिएको दावी गरे ।
कृषि सञ्जाल तिलोत्तमाका अधयक्ष कृष्ण पन्थीले कृषि उत्पादनको जिम्मा सरकारले लिनु पर्ने बताउंदै कृषिमा अनुदान नचाहिने बताए ।
तिलोत्तमा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष एवम गोस्ठी सेमिनार समितिका  संयोजक सुरज पंगेनीले कृषि क्षेत्रका समस्या पहिचान गरि समाधानका उपाय खोजी गर्ने उद्देश्यले संघले मेलामा यस्ता खालका कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका महासचिव राजकुमार पाण्डेय, कार्य समिति सदस्य बिना  न्यौपाने,  किसान यज्ञमूर्ती खनाल, अमृत श्रेष्ठलगायतले किसानका समस्या र सरोकारवाला निकायले निर्बाह गर्नुपर्ने भुमिकाका बारेमा धारणा राखेका थिए ।

प्रकाशित मिति : बुधबार, मंसिर ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij