प्रसाईं नेतृत्वको समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन : काठमाण्डौ प्रशासन

प्रसाईं नेतृत्वको समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन : काठमाण्डौ प्रशासन

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ लाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नरहेको जनाएको छ ।

महाअभियानको नाममा गलत मनसायकासाथ आजदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकाले त्यस क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको र जबरजस्ती गरे कानुनबमोजिम कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

स्थानीय प्रशासनसँग कुनै समन्वय नगरि गलत मनसायका साथ कार्यक्रम गर्न लागिएकाले तीनकुने क्षेत्र प्रयोग गर्ने अनुमति नभएको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता रविन्द्रप्रसाद आचार्यले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवम् व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भएमात्रै उपयुक्त ठाउँ उपलब्ध गराउने स्थानीय प्रशासनले स्पष्ट पारेको छ ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले हिजो बल्खुमा प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो ।

 

 

प्रकाशित मिति : शुक्रबार, मंसिर ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij