माइतीघर निषेधाज्ञा प्रकरण : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

माइतीघर निषेधाज्ञा प्रकरण : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौँ : माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

 

 

सर्वोच्चका न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही ४ र ५ गते माइतीघर मण्डला बानेश्वरलगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो।

सो आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत)ले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो। उक्त मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी बनाएको छ।

इजलासले निषेधाज्ञाको आदेशका सम्बन्धमा अन्तरिम आदेश गर्नु नपर्ने भए कारणसहित लिखित जवाफ पेश गर्न पनि भनेको छ।

संयुक्त इजलासमा यी रिटमाथि सुनुवाइ भई अन्तरिम आदेश जारी हुने वा नहुने निर्क्योल हुन्छ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij