लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेह क्लिनिक सञ्चालन,

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेह क्लिनिक सञ्चालन,

बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले मधुमेह क्लिनिक सञ्चालनमा ल्याएको छ। आईतवार बिहान एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले क्लिनिक शुभारम्भ गतेको हो।

क्लिनिकको लुम्बिनी प्रादेशिक अस्पताल बिकास सामिति अध्यक्ष जीवन प्रसाद वझा, मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापा लगायतले उद्घाटन गरेका हुन। अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष वझाले रोगका कारण अस्पताल आउनुभन्दा पहिलेनै निवारण हुनेगरि सचेतना समेत फैलाउनुपर्नेमा जोड दिए । अस्पतालमा थप गरिएको सानो सेवाले पनि ठूलो परिवर्तन ल्याउन सक्ने उनले बताए । यसैगरी अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई सेवाग्राहीसँग विनम्र र हसिलो अनुहारले सेवा दिन आग्रह गरे । बिरामीप्रति गरिने व्यवहारले नै उनीहरुको ५० प्रतिशत रोग निको हुन सहयोग पुग्ने बताउँदै वझाले नम्र व्यवहार र सेवामा जोड दिए । क्लिनिक सञ्चालनको अवसरमा अध्यक्ष वझासहित अस्पताल कर्मचारीहरुले समेत मधुमेहको परीक्षण गरेका थिए ।

 

क्लिनिक उद्घाटनको अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले छुट्टै क्लिनिक सञ्चालनसँगै मधुमेहका बिरामीका लागि सहज हुने उल्लेख गरे । एउटै बिरामीले २ दिनसम्म समय खर्चिनुपर्ने अवस्थाको अन्त्यका लागि यो सहयोगी हुने उल्लेख गरे । क्लिनिकबाट अब दैनिक १ सय बढीले सेवा लिन सक्ने बताए । क्लिनिकमा विहान ७ बजेदेखि नै ल्याव टेस्टका लागि नमूना संकलन गरिने बताउँदै डा. थापाले अन्य सेवाहरुसहित अब दैनिक ३ सय जनालाई प्रयोगशालाबाट सेवा प्रदान गर्न सकिने उल्लेख गरे । अस्पतालमा दैनिक ५० जना बढी मधुमेहका बिरामीहरु परीक्षणका लागि आउने गरेकोमा अब यसको सङ्ख्यामा वृद्धि हुने उल्लेख गरे ।

कार्यक्रम अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij