बुटवल -लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सञ्चालित पत्रकार महिलाका लागि भएकाे तीन दिने प्रशिक्षण जारी छ । प्रेस काउन्सिल नेपालकाे आयाेजनामा भएकाे प्रदेशस्तरीय क्षमता अभिवृद्धि तालिमको साेमबार सुचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन् । कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री शर्माले महिलाहरू पत्रकारिताकाे मूल धारमा अाउनु पर्ने बताएकी हुन् । उनले कुनैपनि क्षेत्रमा काम गर्दा दुख गर्नै पर्ने बताउँदै दुख नगरी केही नहुने बताइन् ।
पत्रकारितामा पत्रकार अाचारसंहितालाई कायम राख्दै प्रविधिकाे प्रयाेगलाई बढाउने उदेश्यले गरिएकाे तालिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका करिब २० जना पत्रकार महिलाहरूकाे सहभागिता रहेकाे थियाे ।
तालिममा पत्रकार अमृता अनममेलले लुम्बिनी प्रदेशमा पत्रकार महिलाको अवस्था र मुद्दा विषयमा उल्लेख गरेकी थिइन् । त्यसैगरी पत्रकारिता अाचारसंहिता /निर्देशिका र कानूनकाे बारेमा काउन्सिलका दुर्गा भण्डारीले प्रशिक्षण दिइएकी थिइन् । त्यस्तै मिडियामा समाचार कमेन्ट ,कमेन्टका विकृति र व्यवस्थापनका बारेमा पत्रकार महासंघ नेपालका अध्यक्ष विपुल पाेखरेलले सहजीकरण गरेका थिए । स्थानीय मिडियामा प्रविधिको प्रयाेगका बारेमा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले प्रष्ट पारेका थिए ।
कार्यक्रममा माेबाइल पत्रकारिता र तथ्यांक पत्रकारिताकाे बारेमा प्रशिक्षक अरूण कार्कीले प्रशिक्षण दिएका हुन् । भने समाचारकाे उत्कृष्ट सम्पादनमा प्रविधिको प्रयाेग , अनलाइनमा सामग्री पाेस्टिङ र इडिटिङकाे बारेमा काउन्सिलकै ठाकुरप्रसाद बेलबासेले प्रशिक्षण दिएका हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरू रूपन्देही , कपिलवस्तु , वाँके , गुल्मी , प्युठान , नवलपरासी , पाल्पा , अर्घाखाँची , दाङका पत्रकार महिलाको उपस्थिति रहेकाे थियाे ।
प्रकाशित मिति : मंगलबार, मंसिर १९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्