कांग्रेस महासमिति बैठक चौथो पटक सर्‍याे, राष्ट्रियसभाका उम्मेदवार छान्ने जिम्मा देउवालाई

कांग्रेस महासमिति बैठक चौथो पटक सर्‍याे, राष्ट्रियसभाका उम्मेदवार छान्ने जिम्मा देउवालाई

sf7df8f}F, # k'; . k|wfg dGqL Pjd g]kfnL sfFu|];sf kf6L{ ;efklt z]/axfb'/ b]pjfnufot g]sf kf6L{sf] s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf a;]sf] a}7sdf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाण्डाै – सत्तारूढ दल नेपाली कांग्रेसको महासमितिको बैठक चौथो पटक सरेको छ । आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने गरी सार्ने निर्णय गरेको छ ।

 

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसअघि मङ्सिर १३ गतेदेखि १५ गतेसम्म हुने भनिएकोमा आजदेखि बस्ने गरी सारिएको थियो । आजदेखि शुरु हुने भनिएको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्मका लागि सारिएको थियो ।

 

नेता विश्वकर्माका अनुसार बैठक सार्नुको मुख्य कारण राष्ट्रियसभाको चुनाव रहेको छ । कांग्रेसले राष्ट्रियसभाको चुनावका लागि आज दल दर्ता गरेको छ भने उम्मेदवार चयन गर्ने जिम्मा पार्टीका सभापति शेरबहादुर देउवालाई दिएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दल दर्तालगायतका कामका लागि अधिकार दिएको थियो । त्यसपछि पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराउनुभएको हो ।

 

त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरू महासमितिमा सिफारिस गर्ने निर्णय गरेको छ । नेता विश्वकर्माले बैठकले पुस १६ देखि माघ १६ गतेसम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

 

भूकम्प पीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपैयाँ दिन अझै नसकेकोबारे सरकारको ध्यानाकर्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने कार्य सम्पादन समिति बैठकबाट निर्णय भएको छ । बारामा शिक्षकहरूको धर्नामा भएको घटनाको भर्त्सना र तत्काल दोषीमाथि कारबाही गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचारका लागि माग गर्ने आजको बैठकमा निर्णय भएको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij