JanataToday.com

Advertisment

SKIP THIS

१९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि बंगलादेशलाई

१९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि बंगलादेशलाई

काठमाण्डौ,

१९ वर्षमुनिको एसीसी एसिया कप क्रिकेटको उपाधि बंगलादेशले हातपारेकाे छ । आयोजक टोली यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले उपाधि हातपारेकाे हो ।

 

दुबईमा बंगलादेशले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको यूएई २४ ओभर पाँच बलमा ८७ रन बनाउँदा अलआउट भयो । उसका लागि ध्रुव परासरले सर्वाधिक २५ रन बनाए । बंगलादेशका मरुफ मृधा र रोहनत दुल्लाह बोर्सोनले ३/३ विकेट लिए ।

 

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले अशिक रहमान शिब्लीको शतक मद्दतमा २ सय ८२ रन बनाएको थियो । बंगलादेशले भारतलाई र यूएईले पाकिस्तानलाई हराएर फाइनलमा पुगेका थिए । प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : आइतबार, पुष १ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij