रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो : ९ जना घाइते

रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो : ९ जना घाइते

रुकुमपश्चिम : रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । नौ जना घाइते भएका छन् ।

दुर्घटनामा आठबीसकोट–१० का ४६ वर्षीय लोकबहादुर शाही, उहाँकी श्रीमती ४२ वर्षीया लुकी शाही, ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा आठबीसकोटकै खड्कबहादुर पुन, रमेश सार्की, दलबहादुर पुन, कुमारघर्ती, रमा गुरुङ, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन रहेका र सबैको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नम्बर– ८ घर्तीगाउँ जाँदै गरेको रा १ द १४ नम्बरको ट्र्याक्टर घुम्ती मोड्न खोज्दा गएराराति दुर्घटना भएको हो  । ट्र्याक्टरमा जस्तापाता थियो ।

प्रकाशित मिति : बिहिबार, पुष ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij