तमु ह्युल छोज धि गुरूङ राष्ट्रिय परिषद् रूपन्देहीले ल्होसारमा विविध कार्यक्रम गर्ने

तमु ह्युल छोज धि गुरूङ राष्ट्रिय परिषद् रूपन्देहीले ल्होसारमा विविध कार्यक्रम गर्ने

तमु ह्युल छाेज धि गुरूङ राष्ट्रिय परिषद् जिल्ला समिति रूपन्देहीले गुरूङहरूकाे महान पर्व ल्हाेसारमा विविध कार्यक्रम गर्ने भएकाे छ । बिहिवार जिल्ला परिषद् कार्यालय रामनगरमा पत्रकार सम्मेलन गरी गुरूङहरूकाे महान पर्व ल्हाेसारमा विविध कार्यक्रम गर्ने परिषद्ले जनाएकाे हाे । परिषदका वरिष्ठ उपाध्यक्ष रामबहादुर गुरूङकाे संयाेजकत्वमा जिल्लाभरिका इकाई समितिहरूले नगरका विभिन्न ठाउँमा सरसफाइ कार्यक्रम गर्ने जनाएको छ । यसैगरी पाैष १२ गते ८ बजे बिहान सदस्य शेर जंग गुरूङकाे संयाेजकत्वमा रक्तदान कार्यक्रम गर्ने जनाएको छ । त्यसतै १३ गते बिहान ८ बजे सचिव अाेम प्रकाश गुरूङ र सदस्य दूध बहादुर गुरूङकाे संयाेजकत्वमा मानव सेवा अाश्रम सुख्खानगरमा दान र जिल्लाभरी साँझ ५ बजे दीपावली गरिने जनाएको हाे । कार्यक्रममा १४ गते संगठन सचिव अाशा गुरूङ र सदस्य श्रीमाया गुरूङकाे संयाेजकत्वमा पुष्पलाल पार्कबाट बिहान १० बजे बृहत् झाँकीसहितको शान्ति र्याली नगर परिक्रमा गर्ने जनाएको छ । र्यालीपश्चात कार्यालय प्रांगढमा इकाईस्तरकाे नृत्य प्रतियाेगिता गरिने जनाएको छ । यसैगरी पाैष १५ गते बिहान ११ बजे उपाध्यक्ष गंगा गुरूङकाे संयाेजकत्वमा जिल्ला समिति कार्यालयकाे प्रांगढ रामनगरमा शहरी विकास मन्त्री सीता गुरूङकाे प्रमुख अातिथ्यतामा बृहत साँस्कृतिक कार्यक्रम र छेलाे प्रतियोगिताकाे पनि अायाेजना गरिएकाे मूल समिति संयाेजक बिमला गुरूङले जानकारी दिइन् ।

प्रकाशित मिति : शुक्रबार, पुष ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij