रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीवार एक हजार तीन सय रुपैयाँले बढेर सुनकाे भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २२ हजार रुपैयाँ कायम भएको थियो । अस्ति बुधवार पनि सुन आजकै भाउ तोलाको एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । ३५ रुपैयाँले घटेर चाँदी आज तोलाको एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अस्ति बुधवार तोलाको एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ हिजो १५ रुपैयाँले बढेर एक हजार चार सय ९० रुपैयाँ तोकिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, पुष १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij