बालकुमारी घटनामा ललितपुरका सिडिओ र एसएसपीलाई फिर्ता बोलाइयो

बालकुमारी घटनामा ललितपुरका सिडिओ र एसएसपीलाई फिर्ता बोलाइयो

काठमाडौँ : दुई जनाको मृत्यु हुने गरी ललितपुरको बालकुमारीमा हिजो भएको प्रदर्शनका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसकेका ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको छ।

 

 

गृह मन्त्रालयका अनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालमया फिर्ता बोलाइएको हो।

यस्तै त्यसक्षेत्रमा सुरक्षाका लागि ललितपुर परिसरबाट खटिएका प्रहरी नायव उपरीक्षक उमेशराज लम्साल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवार र ईपीएस कोरिया शाखा प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिडिओ र एसएसपीलाई फिर्ता बोलाइएको तथा उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए। सुवेदीलाई भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निलम्बन गरेको हो।

यसअघि आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षामा कमजोरी देखिएको बताउँदै ती अधिकारीहरूलाई निलम्बनका लागि निर्देशन दिएका थिए।

सोही आधारमा उनीहरूमध्ये दुई जनालाई जिम्मेवारीबाट हटाइएको र तीन जनालाई निलम्बन गरिएको हो।

यसअघि हिजो उक्त घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी नायव महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति बनाइएको छ। उक्त समितिलाई सात दिनको कार्यादेश दिइएको छ।

शुक्रबार कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन नपाएका युवाले उक्त कार्यालय ग्वार्कोमा प्रदर्शन गरेका थिए। त्यसक्रममा दुई जनाको ज्यान गएको थियो। प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाएका थिए।

उक्त घटनामा एक मृतकलाई गोली लागेको छ भने अर्का व्यक्तिको मृत्युको कारण खुलेको छैन तर प्रत्यक्षदर्शीले भने प्रहरीको कुटपिटबाट मृत्यु भएको दावी गरेका छन्।

त्यसघटनामा प्रहरीसहित ७ जना घाइते भएका छन् भने ७३ जनालाई पक्राउ गरिएकोछ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij