तिलाेत्तमामा दाेस्राे सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताअन्तर्गत साेमबार दुई खेल सम्पन्न

तिलाेत्तमामा दाेस्राे सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताअन्तर्गत साेमबार दुई खेल सम्पन्न

तिलाेत्तमा

स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा दाेस्राे सेभेन ए साइड नकअाउट फुटबल प्रतियोगिताअन्तर्गत साेमबार दुई खेल सम्पन्न भएका छन् । पहिलाे खेल नव जीवन युवा क्लब तिलोत्तमा ६ र नव युवा खेलकूद तथा सांस्कृतिक परिवार, ठुटिपिपलकाबिच भएकाे थियाे । साे खेलमा नव जीवन युवा क्लवले नव युवा खेलकुद तथा सांस्कृतिक परिवारलाई २-० गाेल गरी विजयी भएकाे हाे ।

साे खेलमा नव जीवन युवा क्लबका जर्सी नम्बर १९ का अजय पाठक म्यान अफ द म्याच भएका छन् ।

 

यही पाैष १२ गतेबाट सुरू भएकाे नकअाउट फुटबल प्रतियोगिताकाे दाेस्राे खेल आयोजक नव टिकुलीगढ युवा क्लब ए टिकुलीगढ र कर्म ज्योती युवा क्लब कर्मडाँडाबिच भएकाे थियाे ।

 

नव टिकुलीगढ युवा क्लब आयोजकले कर्म ज्योतीलाई १ का विरुद्द २ गोल गर्दै विजय शुरुवात गरेको छ । साे खेलमा नव टिकुलीगढ युवा क्लबका जर्सी नम्बर ९ का खेलाडी अनिल क्षेत्री म्यान अफ द म्याच भएकाे खेल संयाेजक विनाेद गुरूङले जानकारी दिए ।

 

मंगलबारकाे पहिलाे खेल झरना स्पोर्टस क्लब कुञ्जलापुर र अार वाई सि बुटवलका बिच हुनेछ । भने दाेस्राे खेल अार के एफ सि दल्का र सेभेन डार्गन भलबारीबिच हुनेछ ।

 

नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा सुरू भएकाे प्रतियोगितामा प्रथम हुने समूहले  रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । प्रतियोगितामा २६ समूहले प्रतिष्पर्धा गर्ने क्लवका सदस्य दिपक श्रीसले बताए ।

 

प्रकाशित मिति : सोमबार, पुष १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij