विश्वभर दादुराको जोखिम बढ्दै गएकोले अनिवार्य खोप लगाउन विश्व स्वास्थ्य संगठनको आग्रह

विश्वभर दादुराको जोखिम बढ्दै गएकोले अनिवार्य खोप लगाउन विश्व स्वास्थ्य संगठनको आग्रह

SALT LAKE CITY, UT - APRIL 26: In this photo illustration a one dose bottle of measles, mumps and rubella virus vaccine, made by MERCK, is held up at the Salt Lake County Health Department on April 26, 2019 in Salt Lake City, Utah. (Photo Illustration by George Frey/Getty Images)

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वभर बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएको छ । यमन, भारत र काजकस्तानमा सङ्क्रामक रुपमा देखिएको दादुरा विश्वका सबै भागमा देखा परिरहेको डब्ल्यूएचओले जनाएको छ । केही वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्न थाल्नु र दादुरा सङ्क्रमण बढ्दै जानु जोखिमपूर्ण रहेको हो ।

 

डब्ल्यूएचओको प्रतिवेदन अनुसार सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेका छन् भने विश्वव्यापी रूपमा मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको छ । गएको वर्ष युरोपमा दादुराको सङ्क्रमण ३० गुनाले बढेको पाइएको छ । आँखा रसाउनु, रातो हुनु र दुख्नु, रुघा र खोकी लाग्नु, बिरामी भएको महसुस गर्नु, मुखभित्र ससाना फोका देखा पर्नु, छालामा रातो वा खैरो खटिरा देखिनु दादुराका लक्षण हुन् ।

 

शुरुमा अनुहार र कानको पछाडि देखिने डाबर त्यसपछि शरीरका अरू भागमा पनि फैलने गर्छ । दादुरा बिग्रिएमा निमोनिया, इन्सेफलाइटिस र अन्धोपन पनि हुन सक्छ । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा निस्किने ससाना कणमा मार्फत दादुरा अर्को व्यक्तिमा सर्न सक्छ ।

 

डब्ल्यूएचओले दादुरा देखा परिरहने देशहरूमा बालबालिकालाई नौ महिनाको उमेरमा एमएमआर खोपको पहिलो मात्रा दिनुपर्ने सुझाव दिएको छ । किशोर र वयस्कहरूले आफूले पहिले नलगाएको भए एमएमआर खोप पनि लगाउनुपर्छ । तर यो प्रायः कलिलो उमेरका बालबालिकामा देखिने समस्या हो ।

प्रकाशित मिति : आइतबार, माघ १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij