बुटवल
लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले मापदण्ड विपरित सञ्चालनमा रहेका सवारी चालक अनुमतिपत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर)हरू सञ्चालनमा रोक लगाएकाे छ ।
उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले लुम्बिनी प्रदेशभित्र सञ्चालनमा रहेका मापदण्ड विपरितका ट्रायल सेन्टरहरूलाई बन्द गर्न निर्देशन दिएका हुन् । अबैध ट्रायल सेन्टरहरू बन्द भएपछि सेवाग्राहीलाई चालक अनुमतिपत्र लिन सहज हुने र बिचौलियाहरूको हैरानीबाट मुक्त हुने अपेक्षा लिएको मन्त्री राणाले बताए ।
यातायात व्यवस्था कार्यालय चरम बेथित हुने कार्यालयहरुको रुपमा आम नागरिकले चिन्ने गर्छन । केहि समय अघिसम्म प्रदेश मातहतको यातायात कार्यलयमा राजस्व छलि देखि विना ट्रयाल सवारी लाईसेन्स ब्रिक्रि पनि हुने गरेको आराेप लाग्दै आएको थियो ।
पछिल्लाे समय लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सराेज थापा (राेज राणा) ले उक्त कार्यालयहरु व्यवस्थित गराउन निरन्तर पहल गरिरहेका छन ।
मन्त्री थापाले मंगलबार यातायात व्यवस्था तथा सेवा कार्यालयका प्रमुखहरुलाई मन्त्रालयमा बोलाएर आम नागरिकको गुनासाेलाइ संबोधन गरी प्रशासनिक काममा कुनै पनि त्रुटी नगरी सेवाग्राहीलाई प्रभावकारी रुपमा सेवाप्रवाह गर्न निर्देशन समेत दिएका हुन् । आम नागरिकहरुको धेरै गुनासाे आए पछि मन्त्री थापाले कार्यलय प्रमुखहरुलाई लिखित निर्णय नै गराएर उक्त निर्णय तुरुन्तै कार्यन्वयनमा लैजान समेत निर्देशन दिएकाे बताए ।
निर्णयहरु ;
१) लुम्बिनी प्रदेश अन्तर्गतका यातायात व्यवस्था तथा सेवा कार्यालयहरुका कार्यालय प्रमुखहरुले आ-आफ्नो कार्यालयको आ.व. २०८०/०८१ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक कार्य प्रगति प्रस्तुत गरी सेवा प्रवाहको क्रममा देखिएका समस्या समाधान गर्न जिम्मेवार निकायले पहल कदमी गर्ने ।
२) लुम्बिनी प्रदेशभरका विभिन्न जिल्लाहरुमा निजी क्षेत्रबाट संचालन गरिएका सवारीचालक अनुमतिपत्र प्रयोगात्मक परिक्षा प्रशिक्षण केन्द्रहरु मापदण्ड विपरित सञ्चालन भएका भए कार्यालयले तत्काल अनुगमन गरिमापदण्ड पुगेकाहरुलाई मात्र सूचिकृत र अन्यलाई सञ्चालनमा रोक लगाउने ।
३) सवारी चालक अनुमतिपत्रका लागि लिखित परिक्षा र प्रयोगात्मक परिक्षामा अनाधिकृत व्यक्तीहरुको प्रवेश नियन्त्रण गर्न उक्त परिक्षाहरुमा प्रवेश गर्दा डिजिटल प्रविधि मार्फत हाजिर गराउने व्यवस्था मिलाउने ।
४) यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिने प्रयोजनका लागि सञ्चालन हुने प्रयोगात्मक परिक्षामा परीक्षार्थीहरुले आफ्नै सवारीसाधन
वा परीक्षार्थीहरुले लियर आउने सवारी साधनबाट प्रयोगात्मक परिक्षा सहज तरीकाले दिन पाउने यस पूर्वको निर्देशनलाई तुरुन्तै कार्यान्वयन गर्ने ।
५) कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा जेष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्ता भएका व्यक्तिहरूलाई पालो कुर्न नपर्ने गरी सहज रुपमा सेवा प्रदान गर्ने र सोको सूचना सम्वन्धित सवैले देखिने गरी सूचना टाँस गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउने । आ-आफ्नो कार्यालयको म.ले.प. द्वारा औंल्याइएको वेरुजु फछ्यौट गर्ने तर्फ पहल गर्ने ।
६) कार्यालयहरुले ऐनमा व्यवस्था भएको मार्ग ईजाजत समितिको बैठकमा पेश गर्नेगरी, हाल कायम भएका मार्ग र थप भएका मार्गहरुको समेत पहिचान गरी सुचिकृत गर्ने प्रयोजनार्थ लगत संकलन गर्ने कार्य प्रभावकारी रुपमा अगाडि बढाउने ।
प्रकाशित मिति : बुधबार, माघ २४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्