काठमाण्डाै – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नवलपरासीको रामग्राम क्षेत्रमा उत्खनन एवम् बौद्ध स्तूपा निर्माण गर्न विना प्रतिस्पर्धा निजी कम्पनीलाई सुम्पिने गरी भएका सबै प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।
गौतमबुद्धको अस्थिधातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रको एक सय २० बिघा जग्गा निजी कम्पनीलाई सुम्पिने प्रक्रिया रद्द गर्न लेखा समितिले निर्देशन दिएको हो ।लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रका स्थानीयवासीको एक सय १६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी गरेको थियो । समितिको आजको बैठकले निर्णय प्रक्रियामा सामेल व्यक्तिमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।
प्रकाशित मिति : आइतबार, माघ २८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्