JanataToday.com

Advertisment

SKIP THIS

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा

काठमाण्डाै – कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको क्वालालम्पुरमा आज भएको क्वाटरफाइनलमा कुवेतलाई डकवर्थ–लुइस नियम (डीएलएस) का आधारमा ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । वर्षाले प्रभावित खेलमा नेपालले १२ ओभरमा ५० रनको लक्ष्य पाएको थियो । नेपालले ६ ओभर ५ बलमा २ विकेट गुमाएर लक्ष्य भेटायो । नेपालकी कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । कुवेतकी मारयम ओमरले १ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो । कुवेतकी प्रियदा मुरलीले २९ रन बनाइन् । नेपालकी सीता राना मगरले ह्याट्रिक गरिन् । यस्तै कविता कुँवर र रुबिना क्षेत्रीले समान २ विकेट लिइन् ।

अब नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने टोलीले एसिया कप खेल्नेछन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij