इडन इङ्ग‌लिस बोर्डिङ स्कूलमा सरस्वति पूजा, अक्षरारम्भ तथा पुरस्कार वितरण

इडन इङ्ग‌लिस बोर्डिङ स्कूलमा सरस्वति पूजा, अक्षरारम्भ तथा पुरस्कार वितरण

 

बुटबल -इडन इङ्गलिस बाेर्डिङ स्कुल बुटबल ११ नहरपुरले सरस्वति पूजा, अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । बिद्यालयले आयाेजना गरेका तथा अन्य शैक्षिक संस्थाहरुले आयाेजना गरेका प्रतियाेगिताहरुमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्रले सम्मान गरियकाे थियाे । कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बिद्यालयका अध्यक्ष नहकुल शाहि ठकुरिले बुटवल पारिकाे नमुना विद्यालय बनाउदै शैक्षिक गुणस्तरमा कुनै कसुर नराखी उत्कृष्ट नतिजा हासिल गरिरहेकाे बताउनु भयाे । उहाले आफ्नाे विद्यालयमा उत्पादन भएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षामार्फत आयआर्जन संग जाेड्काेलागि हाेटल म्यानेजमेन्ट लाई विषेश प्रथमिकता दिएकाे बताउनु भयाे । कार्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्य शिबहरी भट्टराईले विजेता विद्यार्थीहरुलाई बधाइ दिदै सधै शैक्षिक उन्नयनमा लाग्नु पर्ने बताउनुभयाे । विद्यालयले सरस्वती पुजाको अवशरमा विशेष छूट सहित भर्ना कार्यक्रम सञ्चालन भएको विद्यालयका प्राचार्यले बताउनुभयो । कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कुशल वस्यालकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij