JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा चाैधाैं संस्करणकाे जीपि काेईराला महिला भलिवल प्रतियाेगिताकाे तयारी

बुटवलमा चाैधाैं संस्करणकाे जीपि काेईराला महिला भलिवल प्रतियाेगिताकाे तयारी

बुटवल

बुटवलमा    चाैधाैं संस्करणकाे जीपि काेईराला स्मृति महिला भलिवल रनिङ शिल्ड प्रतियाेगिताकाे तयारी गरिएकाे छ । जीपि काेईराला स्मृति प्रतिष्ठानले स्वर्गीय गिरिजाप्रसाद काेईरालाकाे चाैधाैं स्मृति दिवसकाे अवसरमा यहि फागुन ५ र ६ गते बुटवलमा महिला भलिवल रनिङ शिल्ड प्रतियाेगिता गर्न लागिएकाे बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएकाे हाे ।

बुटवल उपमहानगरपालिकाकाे संरक्षकत्व तथा सहयाेगमा सञ्चालन गर्न लागिएकाे प्रतियाेगितामा बुटवल उपमहानगरपालिका सहित तिलाेत्तमा, सैनामैना र देवदह नगरपालिकाका विद्यालयलाई सहभागी गराईने प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी गराउनु भयाे । यस अगाडिसम्म बुटवल उपमहानगरपालिका भित्रका विद्यालय मात्रै सहभागी गराउदै आएकाेमा यसलाई अझै फराकिलाे गराउन छिमेकी पालिकालाई पनि समेटिएकाे उहाँले बताउनु भयाे ।

ज्ञनाेदय माध्यमिक विद्यालयकाे प्राङ्गढमा सञ्चालन गरिने प्रतियाेगितामा २० टिम सहभागी हुने र प्रतियाेगिताकाे तयारीकाे काम भईरहेकाे प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठले बताउनु भयाे ।

प्रतियाेगितामा प्रथम हुने टिमलाई २० हजार रुपैंया नगद पुरस्कार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र चाैथाे हुनेलाई सान्त्वना स्वरुप ५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयाेजक परमानन्द भट्टराईले जानकारी गराउनु भयाे । यस अगाडि बुटवलकाे एभरेष्ट माविले जितेकाे थियाे ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij