काठमाडौं : नेपाल एसीसी महिला प्रिमियर लिग क्रेकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ।
क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा घरेलु टोली मलेसियासँग नेपाल ४ विकेटले पराजित भएको हो।
पराजित भएसँगै नेपालले एसिया कप टी-२० क्रिकेट प्रतियोगिता पनि खेल्न नपाउने भएको छ। यसै वर्ष हुने महिला एसिया कपमा प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।
नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले एक बल बाँकी छँदै ६ विकेट गुमाएर रोमाञ्चक जित निकाल्यो।
मलेसियाको जितमा इल्सा हन्टरले अविजित अर्धशतकीय योगदान गरिन्। ५३ बल खेलेकी उनले ६ चौकाको सहयोगमा ६९ रन बनाइन्।
नेपालकी सिता रानामगर र कविता जोशीले २/२, कविता कुँवर र रुबिना क्षेत्री बेल्बासेले समान एक/एक विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन्। डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्री बेल्बासेले २० रन बनाउँदा सिता रानामगर ६ र कविता जोशी २ रनमा आउट भए।
उपाधिका लागि मलेसियाले युएईको सामना गर्नेछ। शुक्रबारै भएको पहिलो सेमिफाइनलमा थाइल्याण्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुगेको हो।
प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्