JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा महिला भलिवल रनिङ शिल्ड प्रतियाेगिता सुरु

बुटवलमा महिला भलिवल रनिङ शिल्ड प्रतियाेगिता सुरु

बुटवल
बुटवलमा महिला भलिवल रनिङ शिल्ड प्रतियाेगिता सुरु भएकाे छ । जीपि काेईराला स्मृति प्रतिष्ठानकाे आयाेजनामा गिरिजाप्रसाद काेईरालाकाे चाैधाैं स्मृति दिवसकाे अवसरमा चाैधाैं संस्करणकाे महिला भलिवल रनिङ शिल्ड प्रतियाेगिता आयाेजना गरिएकाे हाे ।
बुटवल ५ स्थित ज्ञानाेदय माध्यमिक विद्यालयकाे प्रङ्गढमा भएकाे प्रतियाेगितामा यस क्षेत्रका न्यू होराइजन, पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, एभरेष्ट बोर्डिङ्ग, शान्ति नमुना, नविन औद्योगिक, अक्सफोर्ड, सिद्धेश्वर लालकुमारी, न्यु इभाइरन्टमन्ट, उजिर सिंह, नव ज्योती, कान्ति, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, ज्ञानोदय र कुंवरवर्ति गरी १४ वटा विद्यालय सहभागी भएका छन् ।
बुटवल उपमहानगरपालिकाकाे संरक्षकत्व तथा सहयाेगमा सञ्चालन गरिएकाे प्रतियाेगितामा प्रथम हुने टिमलाई २० हजार रुपैंया नगद पुरस्कार सहित रनिङ शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई शिल्ड सअित १५ हजार, तृतीय हुनेलाई शिल्ड सहित १० हजार र चाैथाे हुनेलाई सान्त्वना स्वरुप ५ हजार रुपैया नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका महासचिव तथा कार्यक्रम संयाेजक परमानन्द भट्टराईले जानकारी गराउनु भयाे ।
प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा संस्थाका निवर्तमा अध्यक्ष नन्दराम भण्डारी, बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियाले संस्थाका उपाध्यक्ष काजिमान श्रेष्ठ लगायतले भनाई राख्नुभएकाे थियाे ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij