प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीबीच भेटवार्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीको लुमिबनी प्रदेश सभामा सम्बोधन र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो ।

‘प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो,’ मुख्यमन्त्री चौधरीले भने, ‘सम्मेलनको बिषयमा प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अवस्थाको बारेमा जाननकारी गराएको छु । सो अबसरमा प्रधानमन्त्री लुम्बिनीको स्थायी राजधानी क्षेत्रमा आउने विषयमा समेत छलफल भएको छ ।’

यसबारे उनले थप भने, ‘सम्मानीय प्रधानमन्त्रीज्युले लुम्बिनी प्रदेशको सदनमा बिशेष सम्बोधनको कुरा भएको छ । प्रधानमन्त्रीज्युले फागुन १९ गते लुम्बिनी सदनलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।’ भेटका अवसरमा मुख्यमन्त्री चौधरीले प्रधानमन्त्रीलाई सदन र प्रदेश सरकारको तर्फबाट विशेष सम्बोधनको आग्रह गरेका थिए

प्रदेश सरकार र सदनको आग्रहमा प्रधानमन्त्री प्रचण्डले १९ गते सदनलाई सम्बोधन गर्ने तय भएको हो । लुम्बिनीमा फागुन १८ गते देखि हिउदे अधिबेशन सुरु हुँदै छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij