काठमाण्डौ – नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका चार वटा प्रस्ताव पारित भएका छन् । ललितपुरको गोदावरीमा भएको महासमिति बैठकले प्रस्तावलाई सर्वसम्मत् रुपमा नै पारित गरेको हो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र लेखासमिति संयोजक श्याम घिमिरेले पार्टीको आर्थिक प्रस्ताव पेस गर्नुभएको थियो ।
महासमिति बैठकमा गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव आएको छ । महामन्त्री थापाले गठबन्धन विरोधी साङ्गठनिक प्रस्ताव पेस गरे पनि हलमा चार समूहमा छलफल हुँदा सबै समूहले गठबन्धनलाई रणनीतिक विषयमात्रै बनाउनुपर्ने सुझाव दिएका हुन् ।
बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर अभियान तथा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी हस्ताक्षर सङकलन गरिएको छ । बैठक आजै समापन भएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्