बुटवल
शाईन आर्थिक पत्रकारिता पुरस्कार पत्रकार घनश्याम गौतम र भुवन कार्कीलाई प्रदान गरिएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले स्थापना गरेको यो वर्षको शाईन आर्थिक पत्रकारिता पुरस्कार बुटवलका पत्रकारहरु कान्तिपुरकर्मी घनश्याम गौतम र गोरखापत्रकर्मी भुवन कार्कीलाई प्रदान गरिएको हो ।
बैंकले शनिबार तिलोत्तमाको मणिग्राममा कार्यक्रम गरि उक्त पुरस्कार प्रदान गरेको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीको संयोजनमा प्रदान गरिने पुरस्कार छनौट समितिको सिफारिसमा उक्त पुरस्कार प्रदान गरिएको हो । बैंकको १६ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँहरुलाई शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेल र नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले उक्त पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशी जनही २५ हजार रुपैंया रहेको छ ।
त्यसै अवसरमा ग्रामिण क्षेत्रबाट अर्घाखाँचीको खनदह शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको छ भने शहरी क्षेत्रबाट काठमाण्डौको नयाँ बानेश्वर शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको छ ।
२०६५ फागुन ११ गते बैंकिङ् कारोवार सुरु गरेको बैंक ६ करोड चुक्ता पुँजीबाट सुरु भएको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलका अनुसार अहिले यसको पुँजी ६ अर्ब रुपैंया पुगेको छ ।
२०६५ मा तीन जिल्लाबाट सुरु भएको शाईन डेभलपमेन्ट बैंक २०६९ मा गुल्मीमा केन्द्रीय कार्यालय रहेको रेसुङ्गा डेभलपमेन्ट बैंक, २०७३ मा प्युठानको गौमुखी, २०७६ नेपालगञ्जको भार्गव विकास बैंक र भैरहवाको पूर्णिमा विकास बैंकलाई मर्जर गरी राष्ट्रिय स्तरको बाणिज्य बैंकको रुपमा विकास भएको छ ।
जसको अहिले देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् । उपत्यका बाहिर पनि बैंकिङ व्यवसाय गरेर सफल हुन सकिन्छ भन्ने उदाहरणको रुपमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रमाणित गरेको सञ्चालक समितिका अध्यक्ष पौडेलले बताउनु भयो । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड प्राप्त गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले जानकारी गराउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पुरस्कृत पत्रकारहरु गौतम र कार्कीले भनाई राख्नुभएको थियो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्