मिटरब्याज पीडितहरूको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री

मिटरब्याज पीडितहरूको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ६ फागुन : प्रम दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिनुहुँदै । तस्बीर : प्रदीपराज वन्त/रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताउनुभएको छ

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजकाे बैठकमा प्रधानमन्त्री प्रचण्डले टाठाबाठाहरूले पीडितलाई कपाली तमसुक बनाएर ऋण दिएको, बैंककाे कागजातसमेत बनाएर ऋण दिएको देखिएकाे बताउनुभयाे । बैंकिङ कागजातसमेत बनाएर ऋण दिएको देखिएको भन्दै उहाँले अदालत जाँदा पीडकहरूकै पक्षमा फैसला हुनसक्ने अवस्था रहेको बताउनुभयो । यो समस्याको समाधान गर्न सरकार र अदालत मिल्नुपर्ने अवस्था रहेकाले अदालतसँग समन्वय भइरहेको प्रचण्डकाे भनाइ छ । उहाँले मिटरब्याज पीडित, लघुवित्त पीडित तथा सहकारी पीडितहरूसँग वार्ता भइरहेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मिटरब्याज पीडितहरूकाे केही समस्या अझै बाँकी छ । बाँकी रहेको समस्याकाे समाधान सरकारको तर्फबाट भन्दा पनि अदालती प्रक्रियाबाट गर्नुपर्ने प्रकृतिको छ । टाठाबाठाहरूले कपाली तमसुक पनि बनाएका छन्, बैंकको कागजात पनि बनाएका छन् । यो सरकार, अदालत सबै मिलेर मात्रै यो समाधान गर्न सकिनेछ भनेर अहिले समन्वय गर्ने कोसिस भइरहेकाे छ ।’

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकार गम्भीर रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij