काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे आफ्नाे अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएकाे छ ।
नेदरल्यान्ड्सले दिएकाे १ सय २१ रनकाे लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै गुल्सन झा ३८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिए ।
याे जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना बलियाे भएकाे छ । नेपाल ४ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । नेदरल्यान्ड्स ४ अङ्क भए पनि नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कका साथ पुछारमा छ । शृङ्खलाकाे अन्तिम खेलमा भाेलि नामिबिया र नेदरल्यान्ड्सबीच खेल्नेछन् । फाइनल खेल मङ्गलवार हुनेछ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्