पुराना मन्त्रीको जिम्मेवारी खोसियो, सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

पुराना मन्त्रीको जिम्मेवारी खोसियो, सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

file photo

काठमाडौं :  नयाँ गठबन्धन बनाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो मन्त्रिपरिषदका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन्।

 

 

कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीको जिम्मेवारी खोसेका हुन्। कुनै पनि मन्त्रीले राजीनामा दिएका छैनन्।उनीहरूलाई बर्खास्त गरिएको बारे प्रधानमन्त्रीको सचिवालयले केही बताएको छैन।

सोमबार प्रधानमन्त्री प्रचण्डले सबै २१ वटै मन्त्रालयको जिम्मेवारी आफैंले लिएका छन्। एमाले, रास्वपा र आफ्नो पार्टी नेकपा माओवादी केन्द्रबाट ३ जनालाई मन्त्री नियुक्त गरेका प्रचण्डले उनीहरूको पनि जिम्मेवारी तोकेका छैनन्।

उनीहरू तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले विना विभागीय मन्त्रीका रुपमा सोमबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल मन्त्री नियुक्त भएका हुन्।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij